नेकपा (एस) उम्मेदवारले पाए जम्मा एक भोट, अन्य ३ जनाले शुन्य भोट, विजयी एमाले

काठमाडौं, ५ जेठ । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालको गृहजिल्ला रौतहटका एक वडाध्यक्षका उम्मेदवारलाई एक मत प्राप्त भएको छ ।

रौतहटको गुजारा नगरपालिका वडानम्बर ३ का नेकपा (एस)का वडाध्यक्ष उमेदवारले जम्मा एक मत मात्रै पाएका हुन् ।

नेकपा समाजवादीबाट वडाध्यक्षमा दीपक चौधरीले उम्मेदवारी दिएका थिए । यहाँ नेपाली काँग्रेसहित गठबन्धन रहेको थियो । त्यस्तैगरी सोही वडामा अन्य ४ जना स्वतन्त्र उम्मेदवार रहेका थिए । उनीहरुमध्ये ३ जनाले शुन्य मत प्राप्त गरेका छन् । वडाध्यक्षका स्वतन्त्र उम्मेदवारहरुमा शेख कैमुल हक, राजकुमार चौधरी र शेख सैयाद थिए । उनीहरुले नै वडाभरीबाट सुन्य मत पाएका हुन् ।

यहाँ एमालेका गजेन्द्र चौधरी ८ मतको झिनो अन्तरले वडाध्यक्षमा निर्वाचि भएका भएका छन् । उनी दोसो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले ५ सय ३० मत प्राप्त गरेका थिए । त्यस्तै उनका प्रतिद्न्द्वी स्वतन्त्र उम्मेदवार ईश्वर प्रधानले ५ सय २२ मत प्राप्त गरे ।