पथरी शनिश्चरेको मेयरमा एमालेका मोहन तुम्वापो लिम्बू विजयी, काँग्रेसका नगेन्द्र लिम्बू पराजित

मोरङ, ६ जेठ । मोरङको पथरी शनिश्चरे नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का मोहनप्रसाद तुम्वापो लिम्बूले १२ हजार ९५६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नगेन्द्रबहादर लिम्बूले ११ हजार १४६ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा एमालेका देवीमाया काफ्लेले ११ हजार ७४७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कविता पराजुलीले ११ हजार ३९० मत प्राप्त गर्नुभएको छ ।

उक्त पालिका–१, २, ७, ९ र १० मा एमालेका उम्मेदवारहरू वडाध्यक्षमा निर्वाचित भएका छन् भने कांग्रेसका उम्मेदवारहरू ३, ४, ५, ६ र ९ वडाको अध्यक्षमा विजयी हासिल गरेका छन् ।