काठमाडौं, ७ जेठ । पछिल्लो समय चर्चामा रहेकी सुनिता डंगोल । उनी बहुप्रतिभाशाली व्यक्तिको रुपमा उदाएकी छन् ।
उनी मिस नेवा २०१४ हुन् । उनी रेडियोकर्मी पनि हुन् । उनी रञ्जना लिपीका प्रवद्र्धनकर्तापनि हुन् । उनी एक कुशल राष्ट्रसेवक कर्मचारी अर्था अधिकृत पनि हुन् । यति हुँदा हुँदैपनि पछिल्लो समय काठमाडौै महानगरकी मेयरकी स्वतन्त्र उम्मेदवारी दिने एक शशक्त उदाहारणकी महिला पनि हुन् ।
त्यहाँदेखि चुलिएको चर्चा उनलाई नेकपा एमालेले महानगरको उपमेयर टिकट दिएपछि झनै चर्चाको शिखरमा पुग्यो उनको नाम । उपमेयरको चुनावी मैदानमा रहेकी सुनिताको प्रतिस्पर्धी नै कोही नभएकोजस्तै भएको छ।
उनलाई काठमाडौं महानगरबासीले अध्याधिक मत दिएका छन् । उनको लगभग जिन निश्चित नै भइसकेको छ । मोडलसमेत रहेकी सुनिता हिन्दू धर्म मान्छिन् भने उनको जात नेवार हो ।
उनको उचाइ ६ फिट र २ इन्च रहेको उनले आफ्नो एक बायोडाटामा खुलाएकी छन् । उनलाई एमाले पार्टी र कार्यकताले मात्रै नभइ देशभरका जनताले अत्याधिक मनपराइरहेका छन् । उनी हाल
स्नातकोत्तर तहमा अध्यायन गरिरहेकी छन् ।