काठमाडौं ८ जेठ ।। काठमाडौं महानगरकी उपमेयर पदपकी उम्मेदवार सुनिता ढंगोलले अध्याधिक लोकप्रिय मत प्राप्त गरेकी छन् ।
पछिल्लो पटक सार्वजनिक भएको मत परिणाम अनुसार उनले ४२ हजार ४९४ मतसहित अग्रस्थानमा छिन् । उनलाई नेकपा एकीकृत समाजवादकिा उम्मेदवार रामेश्वर श्रेष्ठले १४ हजार ९२२ मतका साथ पछ्याइरहेका छन् ।
काठमाडौं महानगरको उपमेयर उम्मेदवार सुनिताको यो प्राप्त मत मेयरका उम्मेदवार बालेनको भन्दा पनि बढी हो ।
हालसम्महालसम्म १ लाख १८ हजार २४० मतगणना भइसकेको छ । र, उनले ४१ हजार ७६७ प्राप्त गरेका छन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी सिर्जना सिंहलाई १७ हजारभन्दा पछि पारेका छन् ।
यसअघि दोस्रो स्थानमा रहेका महानगरको एमालेका मेयरको उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा झरेका छन् ।