काठमाडौं, ९ जेठ । काठमाडौं महानगरकी उपमेयर एमालेकी उम्मेदवार सुनिता डंगोलको प्रतिस्पर्धी नै पाइएन् ।
गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । जसक्रममा उनको मतान्तर लामो हुँदा उनको प्रतिस्पर्धीनै नपाइएको भान आम जनमानसमा भइसहरेको छ ।
पछिल्लो मत परिणाम अनुसार उनले ४४ हजार ७०५ मत प्राप्त गरिसकेकी छन् । उनका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत मै खुम्चिएका छन् । सुनिताको यो मतान्तर श्रेष्ठको भन्दा पनि तेब्बर बढी हो ।
उता मेयरमा स्वतनत्रबाट उधुम मच्चाइरहेका बालेन साहले पनि फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन् । तर उनको मतभन्दा पनि सुनिताले पाएको मत बढी भएको छ ।
हाल काठमाडौं महानगरको धेरैजसो मत गणना भइसकेको छ छ । अहिले वडा नं ९, १०, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ भने वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम आइसकेको छ ।