काठमाडौं, ९ जेठ । झापा एमालेले जिल्लामै पहिलो पटक महिला नगरप्रमुख दिएको छ ।
सम्पन्न हुँदै गरेको २०७९ सालाको स्थानीय तहको निर्वाचनमा झापाको विर्तामोड नगरप्रमुखमा एमालेकी पवित्रा महतरा प्रसाईँ विजयी भएकी हुन् ।
उनी एमाले झापा जिल्ला कमिटी सदस्यसमेत हुन् । उनले १६ हजार ५२० मत प्राप्त गर्दै नेपाली काँग्रेसका उम्मेदवार भोजराज सिटौलालाई ७५८ मतले पछि पार्दै जित निकालेकी हुन् ।
सिटौलाले १२ हजार ७६२ मत प्राप्त गरेका थिए । विजयी पवित्रा जिल्लाकै पहिलो महिला मेयर हुन् । झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लासमेत हो ।