काठमाडौं, ९ जेठ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नेपाली काँग्रेससँग तालमेल गर्न गाह्रो भएको टिप्पणी गरेका छन् ।
एक टीभी कार्यक्रममा बोल्दै उनले नेपाली काँग्रेसको एक पक्ष पूरै धोकेबाज भएको दाबीगरेका छन् ।
उनले नेपाली काँग्रेसको कार्यकर्ताले निर्णयबिरुद्ध मत हालेको भन्दै असन्तुष्टिसमेत जनाए । उनले आफ्नै नगर इलामको सुर्योदय नगरपालिकाको उदाहारण दिँदै हमीसँग गठबन्धन गर्ने । तर मत चाही एमालेलाई हाल्ने भन्दै आक्रोश पोखे ।
उनले भने – ‘मेरो नगरपालिकाम नेकपा (एकीकृत समाजवादी)सँग गठबन्धन गरे । तर आम काँग्रेसका कार्यकर्ताले मत चाही एमालेलाई हाले । काँग्रेसँग तालमेल गर्न बडा बठिन रहेछ । उसले हामीसँग गठबन्धन गरेर हाम्रैबिरुद्ध मत हाल्यो।’
उनको गृह नगरमा नेकपा एसले एक्लै मेयर जितेको पनि उनले दावी गरे । तत्कालीन एमालेका वरिष्ठ नेतासमेत रहेका खनाल पूर्वप्रधानमन्त्रीसमेत हुन् । उनी हाल नेकपा एकीकृत समाजवादीका सम्मानित नेताका रुपमा छन् ।