काठमाडौं, १० जेठ । प्रदेश १ मा नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ । स्थानीय तह २०७९ को निर्वाचनमा एमालेले सबैभन्दा धेरै स्थानीय तह जित्दै पहिलो दल बनेको हो ।
उसले प्रदेश १ मा २ हजार ६८५ पदमा जितेको छ । यो उसका लागि सानदार जित हो ।
यस प्रदेशमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कूल ५ हजार ८६४ निर्वाचित भए ।
हेरौ कुन दलले कति पदमा जित हासिल गरे
नेकपा एमाले
एमालेले नगर प्रमुख पदमा १८, अध्यक्षमा २४, उपप्रमुखमा २५, उपाध्यक्षमा २९, वडा अध्यक्षमा ४६४, महिला सदस्यमा ५३७, दलित महिला सदस्यमा ५२३ र सदस्यमा १ हजार ६५ गरी अन्य दलभन्दा धेरै पद जितेको जनाइएको छ ।
नेपाली काँग्रेस
त्यस्तैगरी नेपाली काँग्रेस दोस्रो दल बनेको छ । नेपाली काँग्रेसले प्रमुखमा २१, अध्यक्षमा ४४, उपप्रमुखमा ११, उपाध्यक्षमा ३५, वडा अध्यक्षमा ५५४, महिला सदस्यमा ४३१, दलित महिला सदस्यमा ४२५ र सदस्यमा ८६६ गरी कूल २ हजार २८७ पदमा जित हासिल गरेको छ ।
नेकपा (माओवादी केन्द्र)
नेकपा (माओवादी केन्द्र) ५३५ पदमा निर्वाचित हुँदै तेस्रो स्थना बनाउन सफल भएको छ । उसले अध्यक्षमा १२, उपप्रमुखमा ४, उपाध्यक्षमा १५, वडा अध्यक्षमा १२३, महिला सदस्यमा ५८, दलित महिला सदस्यमा १०५ र वडा सदस्यमा १७८ गरी कुल ५३५ स्थानमा जित निकालेको हो ।
जनता समाजवादी
जनता समाजवादी पार्टीले पनि ११२ स्थानमा जित निकाल्दै चौथो पार्टी बनेको छ । उसले अध्यक्षमा २, उपाध्यक्षमा २, वडाध्यक्षमा २०, महिला सदस्यमा १९, दलित दलित महिला सदस्यमा २४, वडा सदस्यमा ४५ गरी ११२ पद जितेको छ ।
नेकपा (एकीकृत समाजवादी)
एमालेसँग विभाजन भइ नयाँ दलको अस्थित्वमा आएको नेकपा एकीकृत समाजवादीले पाँचौँ स्थान हासिल गरेको छ । उसले पनि जम्मा १०० पदमा जित निकालेको छ ।
जसमा उसले प्रमुखमा १, अध्यक्षमा १, उपप्रमुखमा १, उपाध्यक्षमा ४, वडा अध्यक्षमा २०, महिला सदस्यमा १५, दलित महिला सदस्यमा १७ वडा सदस्यमा ४१ गरी कुल १०० पदमा निर्वाचित हुन् ।