काठमाडौं, १० जेठ । सुदुरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीले २ पालिका प्रमुख मात्रै जितेको छ । जबकी यसप्रदेशमा ५१ जना सांसद रहेकोमा एकीकृत समाजवादीका मात्रै १४ सांसद छन् ।
उसले नेकपा एमाले विभाजन गरी १४ सांसद आफ्नो पार्टीमा पार्न सफल भएको थियो । तर यो स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धन गर्दापनि २ पालिका प्रमुख मात्रै जितेको हो ।
यस प्रदेशमा जम्मा ८८ स्थानीय तह छन् । जसमध्ये एकीकृत समाजवादीले बझाङको केदारस्युँ गाउँपालिका र कैलालीको घोडाघोडी नगरपालिका प्रमुख जितेको हो ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!