ओलीबाट फेरि पेलिए नेम्वाङ, दोस्रो वरियता चाहेको तर ७औँ मा परे !

काठमाडौं, २७ मंसिर । नेकपा (एमाले)का अध्यक्ष ओलीबाट सुवास नेम्वाङ फेरि पेलिएका छन् । शनिबार भक्तपुरमा बसेको एमाले केन्द्रिय कमिटीको बैठकमा सुवास ओलीबाट पेलिएका हुन् । ओलीले उनलाई पेल्दै वरियताक्रममको सातौँ नम्बरमा खेका छन् । यसअघि एमालेको १०औँ महाधिवेशनमा सुवासलाई वरिष्ठ उपाध्यक्ष नदिई उपाध्यक्षमा मात्रै राखेर पेलेका थिए । जबकी ओलीले सुवासका प्रतिद्वन्दि इश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष दिएका छन् ।

शनिबारको वरियताक्रम निर्धारण बैठकमा पनि यस्तै भयो । सुवासभन्दा अघि सिनियर नेताको रुपमा उनीभन्दा कम वजनका नेतारुलाई ओलीले अटाएका छन् । उले सुवासलाई भन्दा अन्य नेताहरुलाई अग्रप्राथमिकतामा राखेका छन् । जुन रोल क्रममा सुवास पछि परे । उनी सातौँ नम्बरमा कायम भएका छन् ।

उनी भन्दाअघि अध्यक्ष ओली , इश्वर पोखरेल, यवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा अनी विश्णु पौडेलपछि मात्रै सुवासको नाम छ । यसकारण उनी एमाले वरियताको सातौँ नम्बरमा छन् । तर उनले चाहेको वरियता भने ओली पछिको दोस्रो हो । तर उनको यो चाहना ओलीले नै खतम पारिदिएका छन् ।

सुवासको त्याग

सुवास ओलीका निकटतम र विश्वासी नेता हुन् । उनले ओलीलाइै पार्टीका हरेक काम, संसद विघटनका बेलाको अप्ठ्याराहरुमा पनि साथ दिएका थिए । उनले ओलीका हरेक कदमहरुलाई साथ दिदै आएका थिए । तर ती सुवासलाई नै ओलीले आज पेल्दैछन् । तर अर्को कोणबाट हेर्दा सुवासको पार्टीमा त्याग पनि देखिन्छ । किनकी एमाले अहिलेको सबैभन्दा ठूलो दल हो । यसका धेरै नेताहरुको उपस्थित छ ।

फुटेर गएका माधव नेपाल पक्षका नेताहरु देखि माओवादीबाट आएका नेताहरु यी सबै नेताहरुलाई पद नै चाहिएको छ । नत्र उनीहरु पार्टीमा नरहने अवस्था छ । त्यसकारण अध्यक्ष ओलीलाई सबैलाई मिलाएर लैजानु बाध्यता छ । ओलीको उक्त बाध्यतालाई सुवासले साथ दिएका पनि हुनसक्छ । जे होस ओलीका लागि सुवास सुखद पात्रमै रुमालिरहेका छन् ।

यस्तो छ एमालेका नयाँ बरियताक्रम
अध्यक्ष : केपी शर्मा ओली
वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेल
उपाध्यक्ष : युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे
महासचिव : शंकर पोखरेल
उपमहासचिव : प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल
सचिव : टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल