काठमाडौं, ११ जेठ । काठमाडौं महानगरको मत गणना कार्य आज १२औं दिन पनि जारी छ ।
जसक्रममा सबैभन्दा पछि नेपाली गठबन्धनकी सिर्जना सिंह परेकी छन् । मुख्य तीन प्रतिस्पर्धीहरबीचमा गठबन्धनको तर्फकी उम्मेदवार सिंह पछिल्लो मतपरिणाममा पछि परेकी हुन् ।
उनलाई भर्खरै नेकपा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले पछि पारेका हुन् । त्यस्तै स्वतन्त्र उम्मेदवार बालेन साह भने जितका लागि लगभग ढुक्कजस्तै बनेका छन् । उनले सर्वाधिक ५३०५६ मत प्राप्त गरका छन् ।
त्यस्तै नेकपा एमाले उम्मेदवार केशव स्थापितले ३३ हजार १६६ मत ल्याएर दोस्रो स्थान कायम गरेका छन् । यसअघि उनी नेपाली काँग्रेसका मेयरका उम्मेदवार सिर्जना सिंहभन्दा पछि थिए । तर केही समयअघि सार्वजनिक मतपरिणामा उनी सिर्जनाभन्दा अघि परेका हुन् ।
सिर्जनाले ३३१०५ मत मात्रै प्राप्त गरेकी छन् । हालसम्म काठमाडौं महानगरपालिकामा १ लाख ६४ हजार ५६० मत गनिसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अधिकृतको कार्यालय अनुसार अब मतपरिणाम अन्तिम चरणमा पुगेको छ ।