पोखराको उपमेयरमा एमालेकी मञ्जु गुरुङ भारी मतले विजयी, जो राष्ट्रपतिकी मितिनी

कास्की, ११ जेठ । पोखरा उपमहानगरपालिकाको उपमेयरमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ भारी मतकासाथ विजयी भएकी छन् ।

उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवारी दिएकी काँग्रेसकी कोपिला रानाभाटलाई फराकिलो मतान्तरले राजित गर्दै दोस्रो कार्यकालका लागि उपमेयरमा निर्वाचित भएकी हुन् ।

उनी यसअघिको २०७४ सालको निर्वाचनमा पनि उपमेयरमा निर्वाचित भएकी थिइन् ।

मगलबार अबेर सम्पन्न मतगणनामा उनले गठन्धनकी उम्मेदवार रानाभाटलाई फराकिलो मतान्तरले पराजित गरेकी हुन् ।

मञ्जुदेवी राष्ट्रपति विद्यादेवी भण्डारीकी मितिनिसमेत हुन् ।

मञ्जुदेवी गुरुङले ६० हजार ५ सय ४६ मत ल्याइन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकी कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले रानाभाटले ५६ हजार ६ सय ६३ मत पाएकी छन् ।

उता मेयरमा भने गठबन्धनका उम्मेदवार बनेका धनराज आचार्य विजयी भएका छन् । उनले एमालेका उम्मेदवारलाई पराजित गरेका हुन् ।