काठमाडौं, ११ जेठ । काठमाडौं महानगरकी एमालेतर्फकी उपमेयर उम्मेदवार सुनिता डंगोलले इतिहास रचेकी छन् ।
उनले आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई ४० हजार लामो मतान्तरले पछि पार्दै जितउन्मुख भएर ऐतिहासिक रेकर्ड बनाएकी हुन् ।
आजसम्म यतिका लामो मतान्तरले पछि पार्दै जनप्रतिनिधिमा जित निकालेको दुर्लभ इतिहास हो ।
उपमेयरमा अहिले एमालेकी उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै प्रतिद्वन्द्वी नेकपा ९एस० का उम्मेदवार रामेश्वर श्रेष्ठभन्दा करिब ४० हजारको हारहारीमा अघि छिन् ।
पछिल्लो मत परिणामअनुसार डंगोलले ६० हजार ६ सय ७५ मत प्राप्त भइसकेको छ ।
उता रामेश्वर श्रेष्ठले अहिलेसम्म २० हजार ६ सय ८६ मत पाएका छन् । सुनिता र रामेश्वरको मतान्तर ३९ हजार ९ सय ८९ मतले धेरै हो ।