करिब ७० हजार मत प्राप्त गर्दै एमालेकी सुनिता डंगोल उपमेयरमा विजयी

काठमाडौं, १२ जेठ । काठमााडौं महानगरको उपमेयर पदमा एमालेकी उम्मेदवार सुनिता डंगाले विजयी भएकी छन् ।

बिहीबार राष्ट्रियसभा गृहमा सम्पन्न मतगणनामा उनी विजयी भएकी हुन् । सुनिताले
६८ हजार २९० मत प्राप्त गर्दै विजयी भएकी हुन् ।

उनले नेकपा एकीकृत समाजवादीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठलाई पराजित गरेकी हुन् । श्रेष्ठले २३ हजार ६ सय ६१ मत प्राप्त गरेका छन्।

उता मेयरमा भने स्वतन्त्र उम्मेदवार बालेन साह विजयी भएका छन् । उनले ६१ हजार ३९० मत प्राप्त गर्दै विजयी भएका हन् ।