बेशिसहर, १३ जेठ । लमजुङमा एमाले एक्लैले जिल्ला समन्वय समिति ९जिसस० मा वहुमत पुर्याउने भएको छ ।
लाजुङका स्थानीय तहमा नेकपा एमालेले अन्य दलहरुको भन्दा तेब्बर बढी पदमा जित हासिल गरेका हुनाले एमालेले एक्लै जिससमा बहुमत पुर्याउने भएको हो । जसमा काँग्रेस र माओवादी केन्द्र मिल्दा पनि एमालेको एकल बहुमत हुने भएको हो ।
स्थानीय तहको मत परिणाम अनुसार एमालेको प्रमुख र उपप्रमुखको संख्या बढी छ ।
जिल्लाको ८ पालिकामध्ये एमालेले बेसीशहर, मर्स्याङदी र क्होलासोँथारमा पालिका प्रमुख र उपप्रमुख दुवैमा जित हासिल गरी जिससका लागि ६ मत पक्का गरेको छ । त्यस्तै दोर्दीमा अध्यक्ष, सुन्दरवजार र मध्यनेपालमा उपप्रमुख पदमा जित हासिल गरी थप तीन मत रहेको छ ।
नेपाली कांग्रेसले राईनास, सुन्दरबजार, मध्यनेपाल र दुधपोखरी गरी जिल्लाका चार स्थानीय तहमा पालिका प्रमुखमा जित हासिल गरी चार मत पक्का गरेको छ भने दोर्दीमा उपाध्यक्ष पदमा जितेर थप एक मत पक्का गरेको छ ।
नेकपा माओवादी केन्द्रको तर्फबाट राईनास र दुधपोखरीमा पालिका उपप्रमुख पदमा जित हासिल गरी जिसस निर्वाचनका लागि दुई मत बनाएको छ ।
स्थानीय तहको कुनै एक पदमा निर्वाचित व्यक्तिले मात्रै जिसस निर्वाचनमा उम्मेदार बन्न पाउने प्रावधान छ ।