काठमाडौं, १४ जेठ । पूर्वमन्त्री पद्मा कुमारी अर्यालले देशमा यतिबेला रासायनिक मलको चरम अभाव रहेको र वर्तमान सरकारले किसानलाई एक गेडो मल पनि दिलाउन नसकेको आरोप लगाएकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै मन्त्री अर्यालले अहिले भएको युरिया मल अघिल्लो एमाले नेतृत्वकै सरकारले ल्याएको दावी गरिन् ।
उनले गठबन्धन सरकारले कृषि क्षेत्रमा नयाँपन र नयाँ कार्यक्रमसमेत ल्याउन नसकेको बताइन् ।
रासायीनीक मल नपाएर आज किसानहरू किसानहरू छटपटाई रहेका भन्दै उनले सरकारले त्यतातर्फ कुनै ठोस कदम चाल्न नसकेको बताइन्।
‘आज देशव्यापी रूपमा रासायनिक मलको अभाव सृजना भएको छ । यो सरकारले केही गर्न सकेन,’ उनले भनिन् ।
एमाले नेतृत्वको सरकारले सँधै किसनाहरुको लागि तत्कानलीन र दीर्घकालीन ढंगले सोचेको उनले दावी गरिन् ।
उनले भनिन्, ‘तत्कालको निम्ति सरकारले बहुवषीय जुटुजी प्रक्रियाबाट अन्य मुलुकहरूसँग सरकार स्तरको सम्झौता गर्ने र मल ल्याउने तर वर्तमान सरकार आएपछि एक दाना पनि रासायनिक मल भित्रिएको छैन।’
उनले वर्तमान सरकारले अघिल्लो सरकारले लगाएको ठेक्का रद्द गरेर नयाँ प्रक्रियाहरू सुरु नगर्दा किसानहरुमा समस्या पैदा भएको बताइन् ।
उनले मल अभाव हुँदा किसानहरुको कृषि बालीमा असर पर्ने बताइन् ।
‘मल नहुँदा कृषिमा उत्पादन घट्ने देखिन्छ । म यस सभामा राख्न चाहन्छु, धान रोपाई भन्दा अगाडि नै मल ल्याइयोस्,’ उनले भनिन् अर्यालले प्राकृतिक प्रकोपबाट कृषिमा क्षती भएका किसानहरूलाई तत्काल राहत दिन माग गर्दछु।’