पूर्वमन्त्री वसन्त नेम्वाङको कार्यले पायो सार्थकता, तमोर करिडोर कालोपत्रे हुने निश्चित

पाँचथर, १४ जेठ । पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले तमोर करिडोरलाई पूर्णता दिने सपना साकार बनाएका छन् ।

सरकारले सुदुरपूर्वी पहाडी जिल्लाहरुको समृद्धि र बिकाससँग प्रत्यक्ष जोडिएको तमोर करिडोर सम्पन्न गर्नका लागि स्रोतको सुनिश्चितता गगरेसँगै सपना साकार हुन लागेको हो ।

२०७९ बैशाख १४ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार तमोर करिडोरको वहुवर्षीय ठेक्का सम्बन्धमा ५ अर्ब ७६ करोड ८५ लाख स्रोतको सुश्चितता गरेको हो । तर यसलाई संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गरिएको थियो ।

करिडोरको पछिल्लो कार्य सम्पन्न र यसलाई वहुवर्षे आयोजनामा लैजानका विशेषगरी तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको पहल कदमी भएको थियो ।

नेम्वाङकै नेतृत्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेका बेला तमोर करिडोरको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) तयार गरी बहुवर्षिय ठेक्का सहमतिको लागि राष्ट्रिय योजना आयोग पठाइएको थियो ।

उक्त पत्रलाई नै स्वीकृत गर्दै राष्ट्रिय योजना आयोगले अर्थमन्त्रालयलाई वहुवर्षे योजनामा लान र रकम सुनिश्चिता गर्न सहमति दिएको हो ।

करिडोर निर्माणका लागि बजेट सुनिश्चितताका सम्बन्धमा मंगलबार संसदमा पेश भएको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको छ ।

स्रोत सुनिश्चितता भएका धेरै आयोजनाहरुमध्ये तमोर करिडोर पहिलो नम्बरमा रहेको छ ।

असारबाटै कालोपत्रे

तमोर करिडोरको कालोपत्रेको थालनी यही आर्थिक वर्षको अन्तिम असार मसान्तदेखि हुने आयोजनाले जनाएको छ ।

यसका लागि सबै पूर्वतयारी भइसकेको तमोर करिडोर आयोजना प्रमुख कुवेर नेपालीले जनाएका छन् । उनले यही असार मसान्तबाट टेन्टर अह्वानसँगै कालोपत्रेको कार्यारम्भ हुने उनले बताए ।

‘यसको सबै पूर्वतयारी सकिसकिएको छ । यो वहुवर्षे योजना भएकाले ठेक्का सहमति योजना आयोगले गर्ने गर्छ । उक्त ठेक्का आउन बाँकी छ,’ प्रमुख नेपालीले भने, ‘स्थानीय तहबाट पनि केही सहयोग मिल्नुपर्ने हुन्छ । त्यो कारणले टेण्डरको काम रोकिएको हो । हामी यही आर्थिक वर्षको अन्त्यतिर अर्थात असारबाटै हामी टेण्डरको काम सकेर काम अघि बढाउँछौँ।’

२०६५ सालबाट औपचारिक रुपमा थालिएको तमोर करिडोरको २३८ मध्ये ११० किमी सडखण्ड धनकुटाको मुलघाटबाट पाँचथरको गणेशचोकसम्म कालोपत्रे हुन लागेको हो ।

धरान हुँदै मुलघाट धनकुटाको विभिन्न स्थान हुँदै तमोरको किनार किनार पाँचथरको, तेह्रथुमको तिर बाटो सडक बनेको यो करिडोर पाँचथरमा पर्ने पहाडी राजमार्ग (पुष्पलाल) राजमार्ग हुँदै ताप्लेजुङको अलाङ्चुङ गोलाबाट चिनसँग जोडिने छ ।

तमोर करिडोरको निर्माण कार्य ०६५ बाटै भएको थियो । त्यसयताबाटै तमोर करिडोरको विभिन्न कामहरु निरन्तर हुँदै आएका थिए ।
वर्तमान आयोजना प्रमुख नेपालीका अनुसार अब यही असार अन्तिमतिरबाट धनुकटाको मुलघाटबाट कालोपत्रेको काम हुनेछन् ।

कालोपत्रै सडकखण्डको विभिन्न स्थानबाट हुने र काम थालनी भएको ३ वर्षभित्रै काम सकिने प्रमुख नेपालीको दाबी छ ।

चिनसँग जोडिने यस करिडोरको २ कार्यालय रहेको र त्यसले विभिन्न स्थानबाट विभिन्न कामहरुहरु गरिरहेको छ । एक कार्यालय धरानबाट पाँचथरको सुभाङ खोलासम्म हेर्ने कार्यालय रहेको छ ।

त्यस्तै, अर्को कार्यालय सभाङ खोलादेखि ओलाङ्चुङ गोला हुँदै चिन जोड्ने सडक खडण्डको कार्य भने ताप्लेजुङमा रहेको कार्यालयले हेर्ने छ ।

सुभाङदेखि उत्तर चिनतर्फ जाने सडकको लागि भने पहिले नै ठेक्का लागेर ग्राभेलको काम भइरहेको छ । त्यहाँबाट दक्षिणतर्फको सडक धरानसम्म भने ग्राभेलिङको कार्य सम्पन्न भइसकेकोले अब कालोपत्रे (पिच)को काम हुन लागेको हो ।

अहिलेका लागि लुभुघाटदेखि पाँचथरको गणेश चोकसम्म ११० किमी कालोपत्रै हुनेछ । जति दक्षिणतर्फ आयो उति प्रयोगकर्ता र गाडिको चाप हुने भएकाले दक्षिणतर्फको सडक खण्डलाई पहिलो प्राथमिकता दिएर काम थालिएको प्रमुख नेपालीको भनाइ छ ।

फिदिमदेखि ३ घण्टामा धरान

तमोर करिडोर सम्पन्न भएपछि पूर्वी पहाडी जिल्लाको तराइँसँग दुरी घट्ने भएको छ ।

यस आयोजना सम्पन्न भएको अवस्थामा पाँचथरको फिदिमदेखि धरान करिब ३ घण्टामा पुग्नसकिने छ ।

सडक निर्माण भएपश्चान धरान र फिदिमको दुरी करिब ८५ किमीमा खुम्चिने बताइएको छ ।

यसअघि पूवी पहाडी जिल्लाका नागरिकहरु इलाम, झापा र मोरङ हुँदै घुमाउरो बाटोको सयौँ किमी दुरी पार गर्दै धरान पुग्नुपर्ने बाध्यता थियो ।

करिडोरको निर्माण कार्य सहज र छरितो गरि सम्पन्न होस् भन्ने हेतुले तत्कालीन याताया मन्त्री नेम्वाङले २२ पुलको ठेक्काको कार्य आफू मन्त्री रहेकै बेला गरेका थिए ।

ती पुलहरुको निर्माण कार्य हाल भइरहेका छन् । तमोर करिडोको ११० किमी सडक कालोपत्रेका लागि पनि उनै तत्कालीन मन्त्री नेम्वाङले पहल गरेका थिए ।

नेम्वाङ खुसी

पाँचथरबाट निर्वाचित सांसद तथा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले तमोर करिडोरका लागि वर्तमान सरकारले रकम सुनिश्चितता गर्नु सकारात्मक भन्दै खुसी व्यक्त गरेका छन् ।

उनले आफ्नो नेतृत्वमा भएका काम ढिलै भएपनि अनुमोदन भएको भन्दै सरकारलाई धन्यवाद दिए ।

‘ढिलै भएपनि तमोर करिडोरको काम बहुवर्षे आयोजनाका लागि स्वीकृत भएको छ । तत्कालीन समयमा हामीले रकम सुनिश्चिततका लागि अर्थमन्त्रालयमा पठाएका थियौँ । जसमा ढिलै भएपनि स्वीकृत भएर ५ अर्बभन्दा बढीको रकम सुनिश्चितता भएको छ । यो सकारात्मक हो । सरकारलाई धन्यवाद।’

तमोर करिडोरको परिकल्पनामा पूरा गर्न दुई खण्डमध्ये पहिलो खण्ड ९मुलघाट–गणेशचोक०को कालोपत्रै पूरा भएर दोस्रो खण्ड गणेशचोक देखि ओलाङ्चुङ हुँदै चिनसम्मको कामपनि चाँडै सम्पन्न हुनेमा नेम्वाङले आशा व्यक्त गरे ।

तमोर करिडोर सम्पन्न भएको अवस्थामा पूर्वी पहाडी र मधेस मात्रै नभइ चीनसँगको भौगोलिक दुरी पनि छोटिने छ । यसले पूर्वी पहाडी क्षेत्रका जनताको समृद्धि र बिकासमा प्रत्यक्ष सकारात्मक प्रभाव राख्नेछ ।

खासगरी पाँचथर, तेह्रथुम ताप्लेजुङका जनताहरुको स्वास्थ्य, व्यपार र नेपालको चीनसँगको व्यपारमासमेत विशेष अर्थ राख्नेछ । करिडोरले यस क्षेत्रका नागरिकहरुको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने विश्वास गरिएको छ ।

यो समाचार न्युज २४ मा कृष्ण कन्दङ्वा लिम्बूले लेखेका छन् ।