काठमाडौं, १५ जेठ । । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५औँ गणतन्त्र दिवसको अवसरमा सुभकामना व्यक्त गरेका छन् ।
एमाले अध्यक्ष ओलीले एक विज्ञप्ति जारी गर्दै गणतन्त्र दिवसको सुभकामना दिएका हुन् ।
उनले विज्ञप्तिमार्फत आफू नेतृत्वको अघिल्लो सरकारले लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई बिकास र समृद्धितर्फ अग्रसरोन्मुख गरेको जिकिर गरेका छन् ।
‘गत आम निर्वाचनबाट बनेको एमालेले नेतृत्वको सरकारले नयाँ संविधानले परिकल्पना गरेको संघिय लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई बिकास र समृद्धिको बहसतर्फ अग्रसर गराएको थियो,’ सुभकाना दिँदै उनले भनेका छन् ।
ओलीले आफू नेतृत्वको सरकारका बेला राजनीतिक प्रणालीभन्दा बाहिर रहेका शक्तिहरमा संविधानप्रतिको स्वीकार्यता बनाउन सफल भएको दावी गरेका छन् ।
उनले लोकतान्त्रिक गणतन्त्रमाथि संविधानले परिभाषित गरेका राज्यका अंगहरुलाई दुरुपयोग गरि संविधान र प्रणालीको अतिरिक्त व्याख्या अपव्याख्याद्वारा प्रहार गर्ने प्रयासहरु भइरहेको पनि आरोप विज्ञप्तिमार्फत लगाएका छन् ।
आज १५औं गणतन्त्र दिवस हो । १५ वर्षअघि आजकै दिन राजतन्त्रको अन्त्य भई संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको थियो ।
गणनतन्त्रमा सम्पूर्ण शासन जनतामा हुने भनिएतापनि जनताले प्रत्यक्ष रुपमा शुसानको अनुभूति गर्न सकिरहेका छैनन् ।
(विज्ञप्ति)