काठमाडौं, १५ जेठ । । सम्पर्कविहीन भएको जहाज खोज्न मौसम प्रतिकुल बनेको छ ।
पोखराबाट जोमसोम उडेको तारा एयरको (९ एन एईटी) जहाज आइतबार सम्पर्कविहीन भएको हो ।
आइतबार विमान १० बजेर १५ मिनेटमा पोखराबाट उडेको जहाज २० मिनेटमा पुग्नुपर्ने थियो । तर उक्त जहाज अझै सम्पर्कमा आउन सकेको छैन ।
अहिले सम्पर्कविहीन भएको जहाजको खोजी भइरहेको छ । मौसम प्रतिकुलताका कारण खोजीका लागि असहज भएको बताइएको छ । त्यस्तैगरी पोखरा र जोमसोममा पनि होलिकप्टर स्ट्याण्डबाइ राखिएको जनाइएको छ।
प्रहरीका अनुसार मुस्ताङको लेते भन्ने डाँडा कटेपछि उक्त जहाज सम्पर्कमा नआएको हो ।
विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।
विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।
त्यस्तैगरी चालक दलका सदस्यमा क्याप्टेन प्रभाकर घिमिरे, सहचालक उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा थिइन् ।