मुस्ताङको मानापाथी हिमालको फेदिमा भेटियो तारा एयरको जहान

काठमाडौं, १५ जेठ । पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज मुस्ताङको मानापाथी हिमालको फेदिमा भेटिएको छ ।

आइतबार बिहानबाट सम्पर्कविहीन भएको उक्त जहाज नेपाली सेनाको टोलीले भेटाएको हो ।

उक्त स्थानमा जहाज भेटिएको नेपाली सेनाको मध्यकमाण्ड हेडक्वाटर विजयपुराका प्रमुख सेनानी प्रेम पौडेलले पुष्टि गरे ।

नेपाली सेनाको टोली उक्त क्षेत्रमा पुग्नै लागेको जनाइएको छ ।

सम्पर्कविहीन जहाजमा चालक दलका सदस्यसहित २२ जना सवार थिए ।