आठराईमा दीप प्रज्वलन गरेर हर्सोल्लासका साथ मनाइयो १५औँ गणतन्त्र दिवस

  • सुमन आचार्य

आठराई, १५ जेठ । तेह्रथुमको आठराई गाउँपालिकामा विविध कार्यक्रम गरि १५औँ गणतन्त्र दिवस मनाइएको छ । आईतबार साँझ आठराई संक्रान्ती बजारको फाल्गुनन्द चोकमा विभिन्न कार्यक्रम गरि हर्सोल्लासका साथ गणतन्त्र दिवस मनाइएको हो ।

उक्त अवसरमा नेपालको नक्सा बनाई दीप प्रज्वजलन गरिएको थियो । आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिम तथा उपाध्यक्ष वलिराज ईङ्नाले संयुक्त रुपमा दीप प्रज्वजलन गरि कार्यक्रम मनाइएको छ ।

कार्यक्रममा आठराईस्थित सम्पुर्ण कार्यालयका प्रमुख, सुरक्षा नियकायका प्रमुख तथा कर्मचारी, जनप्रनिधि लगायत पत्रकारकारको सहभागिता दिप प्रज्वजलन गरिएको थियो ।

आजबाट निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन १४ वर्ष पूरा भई १५ वर्षमा प्रवेश भएको छ ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते आजकै दिन निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।