- सुमन आचार्य
आठराई, १८ जेठ । तेह्रथुमको आठराई गाँउपालिका गाँउकार्यपालिकाको निर्वाचनमा गठबन्धनका सवै उमेद्वार निर्वाचित भएका छन ।
कार्यपालिका सदस्य निर्वाचनमा दलित वा अल्पसंख्यक समुदायबाट चन्द्रबहादुर विश्वकर्मा र शिवनारायण माझी निर्वाचित भएका हुन ।
त्यस्तै कार्यापालिका महिला सदस्यमा ईन्दिरा कालिकोटे तारा बिष्ट , भमा दर्जि र लिला बयलकोटि निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय आठराईले जानकारी दिएको छ ।
गाउँकार्यपालिकाको निर्वाचनबाट गाँउसभा र गाँउकार्यपालिकाले पूर्णता पाएको छ । ३९ सदस्यिय गाँउ सभा गठन भएको छ भने १५ सदस्यिय गाँउकार्यपालिका गठन भएको छ ।
गाँउकार्यपालिकामा गठबन्धनका अध्यक्ष, उपाध्यक्ष र ४ वडा अध्यक्ष गरी ६ जना र एमालेका ३ वडाध्यक्ष रहेका छन ।
गठबन्धनले बहुमत प्राप्त गरेको छ ।