शेरबहादुरको काखमा ‘प्रचण्ड’ खुब रमाइरहेका छन् : लालबाबु पण्डित

काठमाडौं, १८ जेठ । पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता लालबाबु पण्डितले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसलाई एक्लाएक्लै चुनाव लड्न चुनौति दिएका छन् ।

उनले एक सञ्चार माध्यमलाई अन्तरवार्ता दिँदै भनेका छन्, ‘आजको दिनमा नेपाली काँग्रेसलाई एक्लै चुनावमा आउन हिम्मत छ रु माओवादीलाई, नेकपा एसलाई एक्लै चुनावमा आउन हिम्मत छ ? उपेन्द्र जी चित्रबहादुर जीको त कुरै छोडौँ। हिम्मत नै छैन।’

‘हिम्मत नहुनेहरु अरुको पछाडि लाग्छ। आफूले आफैलाई कमजोर ठान्छ। त्यस्तैले गठबन्धन गर्छन,’ उनले थपे ।

गठबन्धनको नेतृत्व नेपाली काँग्रेसले गरेकाले गठबन्धनको बिचार काँग्रेसकै रहेकोले यो कायरताको प्रतिक रहेको आरोप लगाए ।

उनले स्वार्थहरुको मिलनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शेरबहादुर देउवाको काखमा रमाइरहेको टिप्पणी गरेका छन् ।

उनले हिजो टाउकोको मोल तोक्ने र तोकिने सबैकुरा स्वार्थले मेटिदिएको आरोप लगाए ।