काठमाडौं, १८ जेठ । काठमाडौं महानगरका नवानिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास पुगेका छन् ।
महानगरको प्रमुख पदमा सपथ लिए लगत्तै प्रमुख शाह पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली निवास वालकोटमा पुगेका हुन् ।
उनले सोमबार काठमाडौं महानगरको प्रमुखमा सपथ लिएका थिए । त्यसको केही घण्टापछि उनी अध्यक्ष ओलीलाई भेट्न भक्तपुरस्थित बालकोट पुगेका हुन् । उनले यसअघि प्रधानसेनापतिलाई पनि भेटेका थिए ।
मेयर शाहले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेपछि राजनीति वृतमा अनेक टिका टिप्पणी हुन थालेका छन् ।
नवनिर्वाचि बालेन स्वतन्त्रका उम्मेदवार हुन् । उनले पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेकै मेयर उम्मेदवार केशव स्थापितलाई भारी मतले पराजित गरेका थिए ।