काजीमान कन्दङ्वाको शालिक निर्माणका लागि शिलान्यास, यस्तो छ काजीमानको परीचय

कृष्ण  कन्दङ्वा,   तेह्रथुम, १८ जेठ । पूर्वमन्त्री तथा दिग्गज लेखक स्व. काजीमान कन्दङ्वाको सालिक निर्माण कार्यको शिलान्यास भएको छ ।

तेह्रथुमको आठराई गाउँपालिका– ६ चुहानडाँडास्थित हाट्डाँडामा काजीमानको सालिक निर्माणका लागि बुधबार शिलान्यस भएको हो ।

शिलात्यास कार्यक्रममा आठराई – ६ चुहानडाडाँका वडाध्यक्ष कृष्ण बाँस्कोटा, आठराई गाउँपालिका पूर्वअध्यक्ष मानबहादुर लिम्बू, पूर्ववडाध्यक्ष तेजप्रसाद कन्दङ्वा लगायत वडाका सम्पूर्ण पार्टीका नेताहरुका साथै स्थानीय बुद्धिजिवीहरुको उपस्थितीमा शालिकको शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रममा वडाध्यक्ष कृष्णप्रसाद बाँस्कोटाले निर्धारित समयमै काम सम्पन्न गर्ने बताए ।

पूर्वनिर्धारित समय अनुसार यस शालिकको निर्माण कार्य यही आर्थिक वर्षको अन्त्य (असार मसान्त) भित्रमा सकिनेछ ।

त्यस्तैगरी उपस्थित वडाका पूर्वपदाधिकारी तथा दलका नेताहरुलेसमेत सालिक निर्माण कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
शालिक निर्माणका लागि आठराई गाउँपालिकाबाट १३ लाख र वडाबाट ७ लाख रकम उपलब्ध भएको सालिक निर्माण समितिका पूर्वअध्यक्ष ओमकुमार कन्दङ्वाले बताएका छन् । तर हाल यस निर्माण समिति अध्यक्षको जिम्मा सुरेश कन्दङ्वालाई दिइएको छ ।

वर्तमान अध्यक्ष सुरेश कन्दङ्वाले पनि शलिक निर्माण कार्य निर्धारित समयमा नै हुने दावी गरे । पूर्वकै प्रतिष्ठाका रुपमा स्थापित पूर्वमन्त्री कन्दङ्वाले नेपालको राजनीतिक, सामाजिक, शैक्षिक र साहित्यीक क्षेत्रमा ठूलो योगदान गरेका छन् ।

यस्तो छ काजीमान कन्दङ्वाको परीचय

काजीमान बि.सं १९८६ साल पुस १८ गते बुधबार हालको छातेढुंगामा जन्मिएका थिए
। कन्दङ्वा वंशकै एक उम्म पदस्थ व्यक्ति हुन् । उनले राजा महेन्द्रवीर बिक्रम शाहका शासनका बेला विभिन्न सहायक मन्त्रीको जिम्मेवारी सम्हाल्ले अवसर पाएका थिए । सो बेला (बि.स २०१७) पुस १२ गते उनी सहायक गृहमन्त्री बनेका थिए ।

बि।स २००७ सालमा प्रजातन्त्र स्थापना कालमा तेह्रथुम, धनकुटा र ताप्लेजुङ क्षेत्रमा सक्रिय भूमिका खेलेका उनको शैक्षिक योग्यता बीए सम्म थियो ।

भारतमा मेट्रिक पास गरेका उनले बिस २०३० सालमा त्रिभुवन विश्वविद्यालय काठमाडौंबाट बीए गरेका थिए ।

२००७ सालमा धनकुटा कब्जा भएपछि गठन भएको समसामयीक सरकारमा उनी सहायक शिक्षामन्त्री पनि बनेका थिए ।

त्यसबेला नेपाली काँग्रेसको जिल्ला पूर्वाञ्चल र केन्द्रीय सदस्य, नेपाल किसान संगठन केन्द्रीय समितिको सहसचिवको जिम्मेवारी सम्हालेका थिए ।

त्यसपछि २०१६ मा उनी अखिल नेपाल पीछडिएको जाति सम्मेलन आयोजक समितिको महासचिव बनेका थिए ।

२०१९ मा सहायक अर्थ तथा आर्थिक कार्य विषयकमन्त्री, २०१९ चैत २० राजसभाको सम्माननीय सदस्य, २०३८ सालमा अञ्चाधीश, २०४१ सालमा राजसभा सदस्य, त्यस्तै २०४८ सालमा उनले राजसभाबाट राजीनामा दिएर नयाँ दल गठन गरि नेतृत्व गरेका थिए ।

त्यसअघि २०२० सालमा तेह्रथुम जिल्लाको पोखरी पञ्चाय सदस्य, तेह्रथुम पञ्चायत सदस्य, त्यसपछि मोरङ जिल्लाको केराबारी गाउँ पञ्चायत सदस्य, उपप्रधान पञ्च, मोरङ ।
जिल्ला सभासद मोरङ, जिल्ला पञ्चायत सदस्य मोरङ, मोराङ पञ्चायतको निर्विरोध सभापति, २०२६ सालको जनमत संग्रहमा सक्रिय भूमिकामा रहेका थिए ।

काजीमान कन्दङ्वाको राजनीतिक क्षेत्रबाहेक सामाजिक तथा साहित्यिक क्षेत्रमा पनि उत्तिकै योगदान रहेको छ ।

तेह्रथुम बहुमुखी क्याम्पसमा बिए ल्याए

पूर्वकै जेठो क्याम्पस तेह्रथुम बहुमुखी क्याम्पसमा उनले बिए तहको पढाइका लागि पनि काजीमानको अतुलनीय योगदान रहेको छ । सुरुवातमा आइएमात्रै रहेको तत्कालीन विरेन्द्र इन्टर कलेज नामले चिनिने यो हालको तेह्रथुम बाहुमुखी क्याम्पसमा विएसम्मका बनाउन पनि उनले अग्रण भूमिका खेलेका थिए ।

लिम्बू चलचित्रलाई अन्तर्राष्ट्रिय अवार्ड दिलाए

लिम्बू चलचित्र नुमाफुङको लेखक पनि उनी काजीमान हुन् । जुन चलचित्रले अन्तर्राष्ट्रिय अवार्डसमेत जितेको थियो । उक्त चलचित्रमा लिम्बू संस्कार संस्कृतिका नकारात्मक पाटोलाई चित्रण गर्दै त्यसले पार्ने सामाजिक असरकाबारेमा प्रष्ट्याइएको थियो ।

नुमाफुङ चलचित्रमा ८० प्रतिशत नेपाली र २० प्रतिश लिम्बू भाषा समेटिएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!