गठबन्धनमा खटपट : प्रचण्डले एमालेकै आडमा काँग्रेसलाई थर्काए, उही एमालेकै उदाहारण दिँदै

काठमाडौं, १९ जेठ ।। नेकपमा माओवादी केन्द्रका अध्यक्ष पुन अप्ठ्यारोमा परेको देखिएको छ । बुधबार एक कार्यक्रममा उनले आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा पनि हालकै पाँचदलीय गठबन्धन रहने बताए । तर उनले काँग्रेसलाई चेतावनीपूर्ण भाषासमेत बोलेका छन् ।

उनले काँग्रेसमा पनि एमालेकोजस्तै अहंकार पलाउने लागेको दावी गर्दै त्यो अवस्था आए काँग्रेसलाई पनि ठेगान लगाउने चेतावनी दिए ।

उक्त कार्यक्रममा उनले भने, ‘गठबन्धन एउटा उद्देश्यका लागि बनेको थियो, कायमै रहन्छ, स्थानीय तहमा प्राप्त शिक्षाको आधारमा गठबन्धनलाई अझ प्रभावकारी बनाउने सोचमा छौं,’ प्रचण्डले भने, ‘कांग्रेस पनि एमालेजस्तै अहंकारी भएर माओवादी केही होइन भन्यो भने हामीले कांग्रेसलाई ठेगान लगाउने दिन नआओस् भन्न चाहन्छु ।’

बिषेशगरी काँग्रेसमा स्थानीय तहको निर्वाचनपछि अहमता पलाएको आरोप लगाए । उनले माओवादीलाई हल्का रुपमा नलिन पनि चेतावनी दिए । काँग्रेसलाई माओवादीले नै त्यतिका सिट जिताएको बताए ।

पछिल्लो समय बामगठबन्धनको चर्चासमेत चलिरहेको छ । उनले उक्त आडमै काँग्रेसलाई थर्काएका हुन् । पछिल्लो पट भित्रभित्रै बामगठबन्धनको प्रयास भइरहेको समाचारहरु आइरहेका छन् ।