काठमाडौं, २० जेठ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीकै अन्तरघातका कारण एमालेले हार व्यहोर्नु परेको टिप्पणी गरेका छन् ।
जनसंगठन समन्व्य संयन्त्रको बैठकलाई विहीवार सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको मायाँ पाएको एमालेलाई आफ्नै नेताबाट जोगाउनुपर्ने धारण राखेका हुन् ।
उनले एमालेसँगै जनता रहेको पनि दावी गरे । ‘स्थानीय तहको निर्वाचनमा पार्टीका जिम्मेवार नेता कार्यकर्ताकै अन्तर्घातका कारण प्रमुख र वडाध्यक्ष हार्ने अरु पद जित्ने जस्तो अवस्था पनि देखिएयो,’ उनले भने, पोखरा लगायत देशभरका विभिन्न पालिकामा ६ वटा छाप सूर्यमा हानेर एउटा विपक्षीलाई दिनेदेखि वडा सदस्यहरु सूर्यमा हानेर वडाध्यक्षलाई मत नदिने अवस्था देखिए’
जनताले नेकपा एमाले लाई माया गरेको र लोकप्रिय पहिलो मत दिएका छन् । तर नेताहरुबीच मेल नभएको उनले बताए ।