बुटवल, २१ जेठ । नेपालमा अनेक प्रकारका मन्त्री तथा नेताहरु छन् । कहिले प्रधानमन्त्रीके व्यवहार र स्वभाको आलोचना हुन्छ । कहिले मन्त्रीको अभिव्यक्तिका । यस्तैगरी एक प्रदेश मन्त्रीको अनौठो आचाण अहिले चर्चामा आएको छ ।
प्रशंग हो, लुम्बिन प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री बसिउद्दीन खानको । उनी हाल लुम्बिनी प्रदेशमा बहालवाल मन्त्री छन् । त्यो पनि शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री । तर उनी हाल कक्षा १२ को परीक्षा दिइरहेका छन् । जबकी प्रदेश संसद सचिवालयमा स्नातक उत्रिर्ण गरेको बताएका छन् ।
मन्त्री खान मायादेवी गाउँपालिका वडा नं ५ को हाजीयनातुल्ला माविमा कक्षा गतवर्षदेखि नै कक्षा ११ मा भर्ना भएका थिए । सोही अनुसार उनी १२ मा पनि भर्ना भए । हाल कक्षा १२ को परीक्षा चलिरहेको छ । उनले शिक्षा संकायमा भर्ना गरेर परीक्षा दिएका हुन् ।
उनले कक्षा १२ को परीक्षामा अंग्रेजी विषयमो परीक्षा लेखेको र त्यसपछि भने गायव भएको बताइएको छ । उनको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ९ खुदाबगरस्थित खुदाबगर आदर्श माविमा परीक्षा केन्द्र छ । तर मन्त्री खान पहिलो दिन अंग्रेजी विषयको परीक्षामा सहभागी भए । त्यसपछि भने उनी परीक्षामा सामेल छैनन् ।
परीक्षा केन्द्र परेको खुदाबगर आदर्श माविका प्रअ तथा केन्द्राध्यक्ष प्रकाश शुक्लाले मन्त्री खान अंग्रेजीको परीक्षामा सहभागी भएपनि त्यसपछि नआएको पुष्टि गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रम र बजेटका तयारीमा लाग्नुपरेकाले परीक्षामा आउन नपाएको हुनसक्ने अनुमान गरिएको छ ।
मन्त्री खान नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नं ४ ९२० बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन् ।