विराटनगर, २२ जेठ । काँग्रेसको गढ रहेको विराटनगर महानगरपालिका कार्यपालिका चुनावमा एमाले विजयी भएको छ ।
कार्यपालिका निर्वाचनमा विराटनगरमा एमालेले स्वतन्त्र उम्मेदवारहरुसँग तालमेल गरेको थियो ।
त्यस्तै सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले गठबन्धन गरेका थिए । सोही गठबन्धनलाई एमाले र स्वतन्त्रको गठबन्धनले पराजित गरेको हो ।
कार्यपालिका निर्वाचनमा ९७ सदस्यमध्ये ५० मत काँग्रेसको रहेको थियो । त्यस्तै एमालेको ४६ मत रहेको थियो । तरपनि एमालेले स्वतन्त्रको साथमा सत्ता गठबन्धलाई पराजित गरेको हो ।
मेयर बाहेकका पदहरुमा काँग्रेससहितका सत्ता गठबनधनका उम्मेदवारहरु कमै विजयी भएका थिए । सोको फाइदा अहिले कार्यपालिकामा एमालेले लिएको छ ।
महानगरमा एमालेले उपमेयरसहित ४३ र कांग्रेसले मेयरसहित ४० जनप्रतिनिधि जितेको थियो । यस्तै जसपाले १०, स्वतन्त्र ३ र राप्रपाको १ जना निर्वाचित भएका थिए । तर कार्यपालिका निर्वाचनमा काँग्रेसकै केही उम्मेदवारले काँग्रेस–जसपालाई भोट नदिएर एमालेलाई भोट दिएका थिए । जसमा गठबन्धनसँग ५० मत हुँदा हुँदै पनि एमाले जित निकालेको हो । ।
मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार कार्यपालिकामा अल्पसंख्यकतर्फ एमालेका दीपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र स्वतन्त्र सन्जिव साह ५२ मत ल्याएर विजयी भएका छ्न् । अल्पसंख्यकमा कांग्रेस उम्मेदवार प्रेम राठी ४०, जसपाका ववितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत प्राप्त गपर पराजित भएका छन् ।
महिलातर्फ सबै एमाले उमेद्ववार विजयी भएका छन् । एमालेका सन्तलीदेवी विश्वास ५५ कमला श्रेष्ठ, ५५, ताराकुमारी राय ५३ सरिता घिमिरे नेपाल ५३ र खुश्बु विश्वकर्मा ५२ मत ल्याएर विजयी भएका छन् । कांग्रेसका पराजित उम्मेद्वारहरू अन्जु दाहाल गौतमले ४०, गायत्री थापाले ३९, रूपा देउजाले ४०, विनितासिंह ठकुरीले ४० र जसपाकी चुलियादेवी साहले ४० मत मात्रै पाएका थिए ।
विराटनगरमा गठबन्धन उम्मेद्वारलाई चुनावअघि जसपा त्यागेर मेयरमा स्वतन्त्र उम्मेद्ववारी दिएका उमेश यादवले सघाएका थिए ।
यादवकै पहलमा जसपाका अधिकांश जनप्रतिनिधिले एमालेलाई मत दिएको पाइएको छ । गठबन्धन पराजित भएसँगै महानगर कार्यपालिकामा एमालेको बहुमत पुगेको छ ।
मेयर, उपमेयर, १९ वडाका वडाध्यक्ष र अहिले निर्वाचित ८ सदस्यसहितको २९ सदस्यीय महानगर कार्यपालिकामा एमालेका उपमेयर, ९ वडाध्यक्षसहति १६ जना भएका छन् ।
कार्यपालिकामा कांग्रेसका मेयरसहित ६ वडाध्यक्ष, स्वतन्त्रको १ वडाध्ययक्षसहित तीन, जसपाको २ वडाध्यक्ष र राप्रपाको १ वडाध्यक्ष कार्यपालिकामा हुनेछन् ।