तेह्रथुमका सांसद भवानी खापुङ स्वास्थ्यमन्त्री बन्दै

काठमाडौं, २२ जेठ । तेह्रथुमबाट निर्वाचित सांसद भवानी प्रसाद खापुङ स्वास्थ्य मन्त्री बन्ने भएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले हाल सरकारमा भएका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । जसमा हाल स्वास्थ्य राज्यमन्त्री रहेका खापुङलाई भने फुलमन्त्री बनाउने निर्णय भएको हो ।

यसअघि देउवा सरकार गठन हुँदा खापुङ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्ति भएका थिए । सोही बेला स्वास्थ्यमन्त्री बहालीका लागि अस्वीकार गर्दा गर्दै पनि मन्त्री भएका खापुङलाई स्वास्थ्यमन्त्रीको उपहार दिइएको हो ।

उनी २०७४ सालको संघको निर्वाचनमा तेह्रथुमबाट दोस्रो पटक सांसदमा निर्वाचित भएका थिए । उनी तत्कालीन एमाले सांसद हुन् । एमाले विभाजित हुँदा उनले नेकपा एस रोजेका थिए ।