वातावरण जोगाउन नेविसंघद्वारा देशैभर वृक्षारोपण (तस्बीरसहित)

काठमाडौं, २२ जेठ । नेपाल विद्यार्थी संघले विश्व वातावरण दिवसको अवसर पारेर ७७ वटै जिल्लामा वृक्षारोपण गरेको छ ।

जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि भन्दै नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले परिपत्र जारी गरेका थिए ।

सोही अनुसार जिल्ला जिल्लामा वृक्षारोपण सम्पन्न भएको हो । अध्यक्ष शेर्पाले नेविसंघ ताप्लेजुङ जिल्ला समितिले आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै अघिल्लो पुस्ताले सुम्पिएको

वातावरणलाई बचाउनु अहिलेको पुस्ताको दायित्व रहेको बताए ।

तेह्रथुम बहुमुखी क्याम्पसमा पनि वृक्षरोपण

नेपाल विद्यार्थी संघ इकाई कमिटि तेह्रथुम बहुमुखी क्याम्पसले तेह्रथुम बहुमुखी क्याम्पस क्षेत्र भित्र एक कार्यक्रम आयोजना गरि वृक्षरोपण गरेको छ ।

वृक्षरोपण कार्यक्रममा दिउँसो १ बजे क्याम्पसका क्याम्पस प्रमुख निलम खरेलबाट विरुवा रोप्दै उद्घाटन गरिएको थियो ।

कार्यक्रममा प्राध्यापक, कर्मचारीसहित क्याम्पसमा अध्यानरत छात्रछात्रा सहभागी भएका थिए ।

रुखले स्वच्छ वातावरण निर्माण गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने भएकाले क्याम्पसलाई हरियाली, शान्त, सुन्दर र सितल बनाउन वृक्षरोपण गरिएको आयोजकका तर्फबाट इकाई कमिटी अध्यक्ष ताराप्रसाद दाहालले जानकारी दिए ।