तेह्रथुमको भाग्यमानी मन्त्री, पार्टीले सबैको नाम फिर्ता लिँदा उनलाई बढुवासहित फुलमन्त्री

तेह्रथुम, २३ जेठ । । नेकपा एकीकृ समाजवादीले आइतबार एक्कासी सरकारमा सामेल मन्त्रीहरु फिर्ता बोलाउने र नयाँ मन्त्रीहरु पठाउने निर्णय गर्यो । मन्त्रीहरु बिरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ, रामकुमारी झाँक्री र प्रेम आलेको नाम फिर्ता भयो । तर स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा रहेका भवानी प्रसाद खापुङको भने नाम फिर्ता आएन । उनको पार्टीले उनलाई स्वास्थ्य राज्यमन्त्रीबाट स्वास्थ्यमन्त्री बनाउने निर्णय गर्यो । जबकी अरुको मन्त्री पद चैट हुँदा उनको भने उपहारस्वरुप फुल मन्त्रीमा बढुवा भयो ।

हाल उनी विदेश भ्रमणमा छन् । उनको भ्रमण यतिबेला इजिप्टमा चलिरहेको छ । शनिबार मात्रै विदेश भ्रमणमा निस्केका उनलाई विदेशमै भएको बेला पार्टीले उपहारस्वरूप फूल मन्त्री बनाउने निर्णय पार्टीले गरेको हो ।

उनी इजिप्टमा सुरु भएको प्रकोप व्यवस्थापनसम्बन्धी कार्यक्रममा भाग लिन त्यसतर्फ गएका हुन्। उनी जेठ २६ गते मात्रै नेपाल फर्किने उनका स्वकीय सचिव गजेन्द्र कन्दङ्वाले जानकारी दिएका छन् । यता नयाँ मन्त्रीहरुको शपथ कार्यक्रम आजै तोकिएको छ । तर उनको भने आज शपथ हुने छैन ।

उनी तेह्रथुम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी २०७० को संविधान सभासदस्य समेत हुन भने उनी २०७४ सालको निर्वाचनमा नेकपाका सांसदका रुपमा निर्वाचित भएका थिए ।