किरात याक्थुङ चुम्लुङ वुसान शाखा दक्षिण कोरियाको अध्यक्षमा सन्जोक कन्दङ्वा

काठमाडौं, २६ जेठ । किरात याक्थुङ चुम्लुङ वुसान शाखा दक्षिण कोरियाको चौँथो अधिवेशन आईतबार सम्पन्न भएको छ । संन्जोक कन्दङ्वाको अध्यक्षतामा १९ सदस्सीय पदाधिकारी चयन भएको चुम्लुङ शाखा दक्षिण कोरियाका वरिष्ठ सल्लाहकार किरन कन्दङ्वाले जानकारी दिए ।

चुम्लुङ वुसान शाखाको नवगठित अध्यक्षमा सन्जोग कन्दङ्वा, वरिष्ठ उपाध्यक्षमा सविन लिङ्खिम, उपाध्यक्षहरुमा दिवस वनेम, प्रतापचन्द्र इदिङ्गो, रोशन फियाक निर्वाचित भएका छन् । त्यस्तै सचिवमा चन्द्र लिम्बू, सहसचिवमा गोपाल लिम्बू, कोषाध्यक्ष चेम्जोङ, सहकोषाध्यक्ष, सानू कन्दङ्वा निर्वाचित भएका छन् ।

दक्षिण कोरियाको खिमेसि दोसाङ्दोङ ८३२ छुन्ङस्थित जीकेएस हलमा एक सम्पन्न अधिवेशनबाट निर्वाचित १९ पदाधिकारीको कार्यकाल २ वर्षको रहनेछ ।

अधिवेशनको प्रमुख अथितिका रुपमा किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया केन्द्रका अध्यक्ष मिराक पन्धाकका सथौ अन्य विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सन २०१३ मा स्थापना भएको किरात याक्थुङ चुम्लुङ शाखा वुसानले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।