स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ इजिप्टको राजधानी कायरोमा (तस्बीरसहित)

तेह्रथुम, २७ जेठ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री इजिप्टको भ्रमणमा रहेका छन् । राज्यमन्त्री खापुङ इजिप्टमा जारी ‘फर्स्ट अफ्रिकन मेडिकल एक्जिवेशन एण्ड फोरम’मा सहभागी हुन कायरो पुगेका हुन् ।

विशेषगरी चिकित्सा सामाग्रीको प्रदर्शनी कार्यक्रममा सहभागी हुन मन्त्री खापुङ कायरो पुगेका हुन् । यो प्रदर्शनी उत्तर अफ्रिकाकै पहिलो भएको दावी गरिएको छ । शिक्षा क्षेत्रमा उत्तर अफ्रिकालाई नै ‘इनोभेसनको गेट वे’ बनउने उदेश्यले यो प्रदर्शनी गरिएको कार्यक्रमका लागि इजिप्ट भ्रमण भएको मन्त्री खापुङका स्वकिय सचिव जगेन्द्र कन्दङ्वाले जानकारी दिए ।

उक्त अवसरमा इजिप्ट आएका विभिन्न मुलुकका प्रतिनिधि तथा विशिष्ट अथितिका लागि इजिप्टका राष्ट्रपति अब्देल फेतट्टल इल सीसीले आफ्नै निवासमा तेस्रो दिनको समापन पार्टी मंगलबार दिएका थिए ।

‘फर्स्ट अफ्रिकन मेडिकल एक्जिवेशन एण्ड फोरम’मा नेपालको प्रतिनिधिहरुको नेतृत्व गर्दै स्वास्थ्य राज्यमन्त्री खापुङ इजिप्ट पुगेका मन्त्री खापुङ बिहीबार नेपाल फर्किएका छन् ।

मन्त्री खापुङसहित विश्वका १५० भन्दा बढी प्रतिनिधिहरु रात्रिभोजमा सामेल भएका हुन् ।

उनी विदेश भ्रमणमै रहेका बेला नेपालमा मन्त्रीमण्डल परिवर्तनको चर्चा चलेको थियो । नेकपा एकीकृत समाजवादीका तर्फबाट स्वास्थ्य राज्यमन्त्री बनेका उनलाई पार्टीले स्वास्थ्यमन्त्री बनाउन प्रधानमन्त्री कार्यालयमा सिफारिस गरेको थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल मन्त्रिमण्डल परिवर्तन गर्न नचाहेको बताइएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!