विराटनगर, २७ जेठ । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेको सिट संख्या कम भएपनि लोकप्रिय मत एमालेलाई नै प्राप्त भएको दावी गरेका छन् ।
उनले एमाले पराजित भएको ठाउँमा एक्लै लड्दा पनि अन्य दलले थोरै मतले मात्रै जितेकोले एमालेको हार भन्न नमिल्ने उनले जिकिर गरे ।
‘६ दल मिले, कुनै सिद्धान्त‚ विचार रहेन, जसरी भए पनि एमालेलाई हराउने एक मात्र सर्त रह्यो । थोरै मतले सिट संख्याका आधारमा दोस्रो भयौं तर लोकप्रिय भोटमा एमाले अगाडि नै छ,’ अध्यक्ष ओलीले भने ।
अध्यक्ष ओलीले आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा पनि एमाले पहिलो दल हुने बताए ।
‘आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा देशवासीले अत्यधिक मतका साथ एमालेलाई जिताउने विश्वास छ,’ उनले भने ।