कपिलवस्तु, २८ जेठ । कपिलवस्तु जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा ९एमाले०का बाबुराम आचार्य निर्वाचित हुनुभएको छ ।
प्रमुखका उम्मेदवारले बराबर मत प्राप्त गरेपछि गोलाप्रथाबाट आचार्य निर्वाचित हुनुभएको हो ।
उपप्रमुखमा एमाले, लोसपा र राप्रपा गठबन्धनबाट रमेश कुर्मी निर्वाचित हुनुभएको छ ।
मत बराबर भएपछि जिल्ला समन्वय समितिका ६ सदस्यको समेत गोलाप्रथाबाटै चयन गरिएको थियो ।
सदस्यहरुमा कांग्र्रेसका सुनिता चमार, माओवादी केन्द्रका राजेन्द्रप्रसाद कुर्मी, कांग्रेसका मनोहर धुनियाँ र जसपाका रामु अहिर निर्वाचित हुनुभयो ।
यस्तै गोलाप्रथाबाटै सदस्यमा एमालेकी शकुन्तला भण्डारी र सुमित्रा दमाई तथा जसपाकी सन्ध्या पौडेल खान निर्वाचित हुनुभयो ।
समन्वय समितिको निर्वाचनमा कांग्रेसले जनता समाजवादी पार्टी ९जसपा० नेपाल र माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो ।
एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सित चुनावी तालमेल गरेको थियो ।
रासस