पाँचथर, ३० जेठ । पाँचथर जिल्ला तुम्बेवा गाउपालिका वडा नम्बर – ३ मा ४५ दिनको बिल्डिङ इलेक्ट्र्सियन (हाउस वेरिङ) तालिम सम्पन्न भएको छ ।
सामाजिक बिकास मन्त्रालय प्रदेश नम्बर १ र करुणा फाउण्डेसन नेपालको सहकार्य र तुम्बेवा गाउपालिका को सहयोग र पञ्चमी युनेस्को संघ हिलिहाङ – ४ को आयोजनामा अपाङगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अपाङगता भएका व्याक्ति तथा परिवारका सदस्यहरुका लागि शिप बिकास तथा ब्याबसायिक तालिम अन्तर्गत ४५ दिनको तालिम सम्पन्न भएको हो ।
मिति २०७९ बैसाक २१ गते समापन भएको तालिमको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रदिप भण्डारीले गर्नुभएको थियो भने प्रमुख अत्तिथि तुम्बेवा गाउपालिका अध्यक्ष बाबुराम खड्का बिशिस्ट अथिति तुम्बेवा गाउपालिका उपाध्यक्ष खड्ग सुन्दर सम्बाहाम्फे विशेष अतिथी तुम्बेवा गाउपालिका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र कुमार लिम्बु अथिति स्वास्थ साखा प्रमुख बिनिता गौतम तुम्बेवा गाउपालिका सि बि आर एफ रेबिका कुरुङबाङ र सुस्मिता भुजेलको उपस्थितिमा सम्पन्न कार्यक्रम लाइ सन्चालन पन्चमि युनेस्को का सचिब पुरन मगरले गर्नु भएको ।
अपाङ्गता भएका व्यक्तिहरुको रोजगारी र स्वरोजगारीको हाउस वेरिङ तालिम अपाङ्गता भएका व्यक्ति वा परिवारका सदस्यहरु समाबेश गरि उनीहरुको आर्थिक उपार्जन अभिवृद्धि गर्ने यो परियोजनाको उदेस्य साथ कार्यक्रम सम्पन्न भएको छ ।
जसलाई निरन्तरता दिने क्रममा १४ जना युवाहरुले हाउस वेरिङ तालिम लिइ शिप प्राप्त गरेका छन । उक्त तालिम पाइसकेपछि लगभग सबैजनाले व्यबसायिक रुपबाट कार्म सुरु गर्न उत्साहिक भएको पाइएको छ सहभागी भइ आर्थिक उपार्जन गर्न चाहने अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरि सम्पन्न भएको तालिममा सहभागिहरु मा धेरै इच्छा जागेको देखिन्थियो ।
सबै प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरूको गुणस्तरीय जीवनको सुनिश्चितताका लागि क्रियाशील रहेको सन्दर्भमा करुणा फाउण्डेसनले अपाङ्गता भएका व्यक्तिहरूको क्रियाशीलतामा विषेश जोडदिंदै आएको छ । त्यसक्रममा अपाङ्गता भएका व्यक्तिहरूको उत्पादनशील जीवनयापनका लागि पछिल्ला दिनहरूमा रोजगारी तथा आयमा पहुँचका क्षेत्र पहिचान गरी सराकारी तथा निजी क्षेत्रसँग समन्वय र सहकार्य विस्तार गर्दै जाने सोचका साथ अगाडि बढिरहेको छ ।
कार्यक्रममा बोल्दै अथितिहरुले अपाङगता भएका व्याक्ति वा उनिहरुको परिवारका शद्स्यहरुले शिप सिकेर व्यवारमा परिवर्तन गरि निरन्तर कार्य गरे आर्थिक लाभ लिन सकिने कुरा प्रस्ट बनाउनको साथै सहभागिहरु अनिवार्य व्यवसायिक बन्नु पर्ने र ब्यवसायिक बन्न प्रयत्न गर्दा कुनै समस्या आए प्राबिधिक सहयोग गर्न कुनै कुरा बाकि नराख्ने प्रतिवद्दता गर्नु भएको थियो ।
उक्त तालिममा तुम्बेवा गाउपालिका भित्रका अपाङगता भएका व्याक्ति र उनिहरुका परिवारका १४ सदस्यहरुले तालिममा सहभागि भएका छन भने उक्त तालिमको प्रशिक्षक बुद्द्शान्ती २ झापा निवासी राजेन्द्र धिमालले गर्नु भएको थियो ।