आकाशमै सकियो प्रधानमन्त्री देउवा चढेको हेलिकप्टरमा इन्धन, आकस्मिक अवतरण

काठमाडौं , ०३ जेठ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर चढेको हेलिकप्टर भैरहवामा आकस्मिक अवतरण गरिएको छ ।

दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट धनगढीका लागि हेलिकप्टर चढेका थिए । उक्त हेलिकप्टरमा उड्दा उड्दै आकाशमै इन्धन सकिएपछि भैरहवामा आकस्मिक अवतरण गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

उनी चढेको हेलिकप्टर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । जसका कारण देउवा करिब २० मिनेट जति भैरहवामै बस्नु परेको बताइएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा त्यसतर्फ उडेका थिए ।

देशको प्रमुख कार्यकारीको सवारमा समेत यतिसम्मको हेलचेक्याइ हुन अस्वभाविक हो ।