काठमाडौं । नेकपा एकीकृ समाजवादीका २ मन्त्रीले मन्त्री पदबाट राजीनामा नदिने अडान राखेका छन् ।
हाल सरकारमा रहेका पर्यटन मन्त्री प्रेमबहादुर आले र शहरी विकाशमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा नदिने अडान राखेका हुन्
। बुधबार अध्यक्ष नेपाल निवास कोटेश्वरमा मन्त्री परिवर्तनका लागि पार्टीले निर्णय गरिसकेको भन्दै राजीनामा दिएर सहयोग गर्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए । तर सहरी विकासमन्त्री झाक्री उक्त निर्देशनप्रति आपत्ति जनाएकी थिइन्।
आफूहरुले राम्रो काम गरिरहेको जनाउदै मन्त्रीबाट राजीनामा दिनुपर्नेकुनै कारण नरहेको जनाएकी थिइन् ।
उनले पछिल्लो समय फोहोर ब्यवस्थापनको कार्यमा पनि पहल गरिरहेको दावी गरेकी छन् ।
नेपाल समक्ष मन्त्री झाक्रीले आक्रोशित हुँदै भनिन्, ‘राम्रो काम गरिरहेको अवस्थामा पनि हामीलाई हटाउनु हुन्छ भने मेरा लागि अध्यक्ष मरेतुल्य बराबर हुनुभयो।’
यस्तै पर्यटनमन्त्री आलेले पनि स्थायी कमिटीको निर्णय सच्चाएर धनबहादुर बुढालाई मन्त्री बनाउनु पर्ने शर्त राखेका थिए।
उनले उक्त बैठकको निर्णय सच्याएर एक मन्त्रीसहित भुगोल अनुसार मन्त्रीमण्डलमा समावेश गर्नुपर्ने माग राखेका छन् । त्यस्तै गरी उनले आफू निकटाका सांसद धनबहादुर बुढालाई पनि मन्त्री बनाउन शर्त तेर्स्याएका छन् ।