नेकपा (एकीकृत समाजवादी)का १० सांसदले थाले वि-द्रोह, माधव नेपाल एक्लिदै

काठमाडौं । नेकपा एकीकृत समाजवादीका १० सांसदहरुले अध्यक्ष माधव कुमार नेपालबिरुद्ध मोर्चाबन्दी गरेका छन् ।

आफूहरुलाई अध्यक्ष नेपालले अभद्र व्यवहार गर्दै आएकोले वि,द्रोह गर्नुपरेको आजको पोलिटव्युरो बैठकमा बताएका थिए । उनीहरुले एक हस्ताक्षर पत्र नै जारी गरेर अध्यक्षबिरुद्ध मार्चाबन्दी गरेका हुन् ।

उनीहरुले आफ्नै बैठक राखेर ८ बुँदे निर्णय गर्दै तत्काल संसदीय दलको बैठक बोलाउन पनि माग गरेका छन् ।

यसअघि अध्यक्ष नेपालले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाए र नयाँ मन्त्रीहरुपठाउने निर्णय गरेका थिए । अध्यक्ष नेपालले नयाँ मन्त्रीहरुको सूची समेत प्रधानमन्त्री कार्यालयमा पठाएइसकेका थिए ।

उक्त निर्णयको बिरोध जनाउदै मन्त्रीहरु विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्ण कुमार श्रेष्ठ साथै अन्य सांसदहरु कृष्णलाल महर्जन, गोपाल बहादुर बम, विनादेवी बुढाथोकी, पुष्पा कुमारी कर्ण कयस्थ, धनबहादुर बुढा, निरा जैरुले छुट्टै बैठकमा बसेरका थिए ।

उनीहरुको बैठकले अध्यक्ष नेपालले नेपालले बारम्बार प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीहरुको सपथ गराउन दबाब दिएको र आफूहरुलाई यो स्वीकार्य नभएको बताएका छन् ।