अध्यक्ष ओलीलाई मृगौला दिने समिक्षाको जन्मदिन आज

काठमाडौं, ११ असार । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मृगौला दिने समीक्षा संग्रौलाको आज जन्मदिन परेको छ ।

नाताले ओलीको ‘भान्जी’ पर्ने समीक्षा संग्रौला ज्ञवाली आजबाट ३५ वर्षमा प्रवेश गरेकी हुन् ।

उनले केही वर्षअघि अध्यक्ष ओलीले दोस्रो पटक किड्नी प्रत्यारोपण गर्दा संग्रौलाले नै आफ्नो देब्रै मृगौला दिएकी थिइन् ।

झापा चारआलीकी उनी ओलीलाई मृगौला दिने समयमा ३५ वर्षकी थिइन् । ओलीले पहिलो पटक उक्त समय संग्रौलाले शिक्षण अस्पताल महाराजगंजमा दिएकी थिइन् ।

मिर्गौला दिने समझदारी हुँदा ‘श्रीमती समीक्षा संग्रौला ज्ञवाली (भान्जी), श्री केपी शर्मा ओली (मामा) । भान्जीले–मामालाई मिगौला दिइएको’ भनि व्यहोरा उल्लेख गरिएको थियो ।

रेकर्ड फाइलमा समीक्षाका साथै उनका पतिको नाम र फोन नम्बर पनि लेखिएको थियो । साथै, प्रधानमन्त्रीको निजी सचिवालयमा कार्यरत राजेश बज्राचार्यको पनि नाम लेखिएको थियो ।

समीक्षा र उनका पति प्रधानमन्त्री ओलीकहाँ आउजाउ गरिरहने जाने गरेका थिए ।

उनीहरु दुवैले प्रधानमन्त्रीबाट दशैंमा टीका लगाउँदै आएकी छन् । समीक्षाका दुई सन्तान रहेको बुझिएको छ ।

अध्यक्ष ओलीले करिब १५ वर्ष अघि अन्जान घिमिरेको मिर्गौला प्रत्यारोपण गरेका थिए ।

उक्त मृगौलाले १३ वर्षपछि काम गर्न छाडेको थियो । ओलीले पहिलो पटक भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरेका थिए ।