आठराईका बालक काठमाडौंमा बे,पत्ता, खोजी गरिदिन परिवारको अपिल

  • कृष्ण कन्दङ्वा

काठमाडौं, १९ असार । तेह्रथुम आठराईका एक बालक काठमाडौंबाट बे,पत्ता भएका छन् ।

तेह्रथुम जिल्ला आठराई गाउँपालिका – ७ थोक्लुङ साविक थोक्लुङ गाबिस घर भइ हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका २ अस्थायी रुपमा बस्दै आएका १२ वर्षका राकेश लिम्बू कन्दङ्वा बे,पत्ता भएका हुन् ।

हराएका बालक वीरबहादुर कन्दङ्वा (ललित) र गंगा कन्दङ्वाकी छोरा हुन् । पारिवारिक स्रोतका अनुसार राकेश असार ८ गते बिहानबाटै सम्पर्कविहीन भएका हुन् । राकेशको खोजिका लागि परिवारले प्रहरीसमक्ष निवेदन दिनुका साथै भेट्नु हुने सम्पूर्णमा प्रहरीमा बुझाइदिन वा निम्न नम्बरहरुमा सम्पर्क गर्न आग्रहसमेत गरेको छ ।

सम्पर्कका लागि ९७४२९३७७१८ मनिषा लिम्बूलाई सम्पर्क गर्न सकिनेछ । त्यस्तैगरी उनको खोजी तथा भेट्नका लागि सहयोग गरि मानव सेवामा सहभागी हुन काठमाडौं कन्दङ्वा समाजले पनि विषेश अपिल गरेको छ ।

हुलिया

उचाई : करिब ४ फिट
रंग : गहुँगोरो