तेह्रथुम अब ढाकाको राजधानी

तेह्रथुम, २१ असार । सरकराले तेह्रथुम जिल्लालाई ढाकाको राजधानी घोषणा गरेको छ ।

सदरमुकाम म्याङ्लुङ बजारमा आयोजित एक कार्यक्रमकाबीच सोमबार तेह्रथुमलाई ढाकाको राजधानी घोषणा गरिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले ढाकाको राजधानी तेह्रथुम घोषणा गरे।

ढाकाको राजधानी घोषणा गर्दै सचिव पोखरेलले ताम्रपत्र म्याङ्लुङ नगरपालिकाका प्रमुख सञ्जय कुमार तुम्बाहाम्फेलाई प्रदान गरेका थिए ।

ढाकाको सीप र प्रविधि मौलिक भएकाले सीप हस्तान्तरण, प्रवर्द्धन, बजारीकरण संगै पहिचान, आर्थिक र सांस्कृतिक समृद्धिका लागि ढाकाको राजधानी तेह्रथुम घोषणा भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण प्रसाद दवाडीले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत चैतमा पाल्पा जिल्लालाई पनि ढाकाको राजधानी घोषणा गरेको थियो ।

हाम्रो सवाल डटकमबाट