व्यावसायी खरेलद्वारा झापा एफसी दक्षिण कोरियालाई २२ थान फुटवल तथा जर्सी प्रदान

झापा, २६ असार । ग्लोबल फूड मार्ट सुवन कोरियाका प्रोप्राइटर तथा झापाली समाज कोरियाका संरक्षक लक्ष्मी खरेलले झापा एफ सी कोरियाई २२ थान फुटबल तथा जर्सी प्रदान गर्नु भएको छ ।

स्थायी घर झापा गौरादह भइ दक्षिण कोरिया कर्मथलो बनाउनु भएका व्यवसायी खरेल कोरियामा विभिन्न किसिमका एसियन फूड बिक्रेता हुनुहुन्छ ।

सन २०१४ मा स्थापना भएको झापा एफ सी दक्षिण कोरिया एक शसक्त खेलाडीहरुको क्लव हो ।

त्यस्तै झापा एफसी दक्षिण कोरियालाई जर्सी उपलब्ध गराउने खरेलवलाई क्लवर झापाली समाज दक्षिण कोरियाले संयुक्त रुपमा सम्मान समेत गरेको थियो । सो अवसरमा झापाली समाज कोरियाका अध्यक्ष अजय श्रेष्ठले लक्ष्मी खरेल जहिले पनि झापाको अभिभावक रहेको भन्दै प्रशंसा गर्नुभयो ।

त्यस्तैगरी झापा एफसीका सचिव सुनिल कन्दङवाले नया जर्सी पाएसगै आफूहरुलाई फुटबल खेलप्रति थप हौसला मिलेको प्रतिक्रिया दिनुभयो ।