चुहानडाँडा एयरपोर्टको डिपीआर र टीओआर स्कोपिङ एप्रुभ्ड भइसक्यो !

कृष्ण कन्दङ्वा,काठमाडौैं, २९ असार । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वराज्यमन्त्री सीता गुरुङलगायत आठराईका जनप्रतिनिधिले चुहानडाँडा विमानस्थल निर्माण कार्य अघि बढाउन माग गरेका छन् ।

पूर्वमन्त्रीसहित आठराई गाउँपालिका गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले नागरिक उड्डयन प्राधिकरण पुगेर विमानस्थल निर्माणको प्रक्रिया र प्रगतिबारे जानकारी लिएका हुन् ।

उनिहरुले मंगलबार प्राधिकरणका निर्देशक मुरारी भण्डारीलाई भेटेर विमानस्थल निर्माणका एयरपोर्ट निर्माणका लागि तदारुकता देखाउन आग्रह गर्नु गरेका हुन ।

आठराई गाउँपालिका ६ थुम्कीमा प्रस्तावित चुहानडाँडा विमानस्थलका लागि वातावरणीय प्रभाव मुल्यांकन तत्कालीन नागरिक उड्यन तथा पर्यटनमन्त्री योगेश भट्टराई रहेका बेलै भइसकेको छ । तर उक्त कार्याको स्वीकृत वन मन्त्रालयल दिइनसकेको प्रधाधिकरणले जनाएको छ ।
निर्देशक भण्डारीले विमानस्थलको डिपीआर रिपोर्ट तयार भइसकेको र टीओआर स्कोपिङ डकुमेन्ट एप्रुभ्ड भइसकेको प्रतिकृया आएको गुरुङले जानकारी दिइन।

उनले विमानस्थल निर्माणको काम यथासिघ्र सुरु हुने गरी प्रक्रिया अघि बढाउन गरेको समेत जानकारी दिइन ।

०३२ सालबाटै विमानस्थल बनाउन पहल सुरु भएपनि विमानस्थल निर्माण कार्यले गति लिन सकेको छैन । त्यहाँका जनता एयसपोर्ट बन्ने आशामा छन् । तर यतिका लामो समयमा पनि निर्माण कार्य थालनी नहुँदा स्थानीयमा नैरास्यता छाउन थाले पनि आशा भने बाँकी नै छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!