पत्रकार ऋषी धमला पत्नी एवं नायिका एलिजा गौतमद्वारा तेह्रथुमलाई एम्बुलेन्स हस्तान्तरण

कृष्ण कन्दङ्वा, काठमाडौं, २७ असार । एलिजा फाउण्डेशनले तेह्रथुमको फेदाप गाउँपालिकालाई एक थान एम्बुलेन्स वितरण गरेको छ ।

पत्रकार ऋषी धमलाकी पत्नी एवं नायिका एलिजा गौतमको नेतृत्वमा रहेको फाउण्डेशनले गाउँपािलकालाई निशुल्क एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

नायिका गौतमले आफूले निशुल्क रुपमा एम्बुलेन्स वितरण गरेको र आउने दिन अझै दुर्गम जिल्लाका बिकट ठाउँमा अफ्ट्यारो परेको ठाउँमा सँधै सहयोग गर्ने बताएकी छन् ।

मंगलबार एक कार्यक्रमकाबीच फाउण्डेशनले गाउँपालिका कार्यलयमा अध्यक्ष केशव भेटुवाललाई हस्तान्तरण गरिएको हो ।