वान्ता र चक्कर लागेपछि अस्पताल भर्ना भए स्वास्थ्य मन्त्री खापुङ

काठमाडौं, असार ०७ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ अस्वथ भएका छन् । मधुमेह बढेपछि उपचारका लागि उहाँलाई वीर अस्पतालमा भर्ना गरिएको मन्त्रीका प्रेस सल्लाहकार मनोज लिम्बूले जानकारी दिए ।

वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भूपेन्द्र बस्नेतले चक्कर र वान्ता आएपछि उपचारका लागि स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना भएका बताए ।

उनका अनुसार मन्त्री खापुङको अहिले वीरको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ । ‘उहाँको प्रारम्भिक जाँच गरिएको छ । स्वास्थ्य अवस्था पनि राम्रो छ’, डा।बस्नेतले भने, ‘जाँचको रिर्पोट आएपछि के रहेछ भन्ने थाहा हुन्छ ।’

रासस