स्वास्थ्य मन्त्री खापुङ अस्पतालबाट डिस्चार्ज

  • कृष्ण कन्दङ्वा

काठमाडौं, ०७ साउन । स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

शनिबार दिउँसो एक्कासी स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएका मन्त्री खापुङ शनिबार साँझ डिस्चार्ज हुनुभएको मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रीका प्रेस सल्लाहकार मनोज लिम्बूको अनुसार वान्ता र चक्कस लागेपछि मन्त्री खापुङ विर अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना हुनु भएको थियो । तर अहिले उहाँको अवस्था सामान्य भएको र डिस्चार्ज हुनुभएको लिम्बूले बताउनुभयो ।

मन्त्री खापुङमा मधुमेहको समस्या भएको बताइएको छ । दिउँसो परीक्षणका लागि पठाइएको रिपोर्टहरु पनि सामान्य आएको अस्पताल स्रोतले जनाएको छ ।

वान्ता र चक्कर लागेपछि अस्पताल भर्ना भए स्वास्थ्य मन्त्री खापुङ