भेटिए एक महिनादेखि हराइरहेका बालक

  • कृष्ण कन्दङ्वा

काठमाडौं, १० साउन । एक महिनादेखि सम्पर्कविहीन भएका तेह्रथुमका बालक भेटिएका छन् ।

पारिवारीक  श्रोतका अनुसार उनी साउन ६  गते काठमाडौं  बूढानीलकण्ठमा भेटिएका हुन्।

आठराई गाउँपालिका – ७ थोक्लुङ घर भइ हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका २ अस्थायी रुपमा बस्दै आएका १२ वर्षका राकेश लिम्बू कन्दङ्वा गएको असार ८ गते घरैबाट सपर्कविहीन भएका थिए ।

छोरा हराएको करिब १ महिनामा सम्पर्कमा आएको आमा गंगा कन्दङ्वाले साझा चासोलाई बताइन् ।

उनले छोरा हराएपछि प्रहरीका साथै सरोकारवालाहरुमा जनकारी गराएको १ महिनापछि भेटिएको जनाकारी दिइन् ।

‘छोरा हराएको करिब १ महिनापछि भेटियो । बूढानीलकण्ठकै चपलीस्थित एक होटलमा काम गरिरहेको अवस्थामा राकेश फेला परेपछि हामीले घर ल्याएका छौँ,’ गंगाले भनिन् ।

बालक सम्पर्कविहीन भए लगत्तै प्रहरीमा खबर गरिएको थियो । त्यसतै उनको खोजका लागि कन्दङ्वा समाज काठमाडौंले पहल गरेको थियो ।

घरयासी विषयमा उनका दाजुले गाली गरेपछि उनले घर छोडेको आमा गंगाले बताइन् ।