काठमाडौं, ११ साउन । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक हँदै छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षाफ प्रकाशनका लागि अन्तिम चरणको काम भइरहेको हो ।
विद्यार्थी तथा अभिभावकहरुलाई कसरी नतिजा हर्न सकिन्छ भन्ने विषयमा अन्योलता हुन सक्छ ।
नतिजा प्रकाशन भएपछि एसइईको नतिजा हेर्न नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर गर्न सकिनेछ ।
त्यस्तैगरी www.see.gov.np मा गएर आफ्नो सिम्बोल नम्बर राखेर पनि नतिजा थाहा पाउन सकिन्छ। त्यस्तै अरु विभिन्न माध्यमबाट पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।
एसइईको नतिजा सजिलै सगं प्राप्त गर्नको NTC र LANDLINE बाट 1600 मा डायल गरि निर्देशन अनुसार सिम्बाेल नम्बर डायल गरेर पनि नतिजा थाहा पाउन सक्नु हुनेछ । त्यस्तै सिम्बल नम्बर टाइप गरि 1600 एसएमएस गरेर पनि नतिजा थाहा पाउन सक्नुहुनेछ। त्यस्तै https://see.ntc.net.np बाट पनि नतिजा हेर्न सकिने जनाइएको छ ।
यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षको मूल्याङ्कन अलग–अलग गरिने छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै वर्षदेखि लागू हुने गरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ।